हेटौंडामा वीर गणेशमान जन्मजयन्तीमा तरुण दलद्धारा रक्तदान

संवाददाता
२६ कार्तिक २०७७, बुधबार १५:३६

हेटौंडा \  लौह पुरुष वीर गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम भएको हो ।

नेपाल तरुण दल मकवानपुरको आयोजना तथा तरुण दल नगर कार्यसमितिको सहआयोजनामा कोभिड १९ को बेला रगत अभाव नहोस् भन्ने हेतुले गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा रक्तदान गरिएको तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले बताए ।

कार्यक्रममा २ महिला र ४३ पुरुष गरी ४५ जनाले रक्तदान गरेका थिए । नेपाली कांग्रेस कार्यबहाक सभापति विष्णु प्रसाद लामिछानेको प्रमुखअतिथ्यतामा भएको रक्तदान कार्यक्रममा पार्टीका पुर्व सभापति माइकल रामचन्द्र अर्याल, पार्टी सचिव बुद्ध लामा, जिल्ला सदस्य भिमसेन महत, राजिव सुवेदी, महिला विभागकी केन्द्रिय सदस्य शर्मिला श्रेष्ठ, ट्रेड युनियनका अध्यक्ष यमबहादुर श्रेष्ठ, तरुण नगर अध्यक्ष सुनिल गिरी, समाजसेवी योग्यराज सापकोटा, रक्तदान कार्यक्रम संयोजक सचित थापा लगायत जिल्लाका नेतागणहरुको उपस्थिती रहेको थियो । कार्यक्रम तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*