नेपालमा थप २७३६ जनामा कोरोना पुष्टि

संवाददाता
२५ कार्तिक २०७७, मंगलवार १६:४९

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८५३ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार १४८ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*