मंगलबार मकवानपुरमा ३३ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा मंगलबार थप ३३ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार विहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ३३ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ११ महिला र २२ जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका २९ जना रहेका छन्, । त्यस्तै, बागमतीका २ जना, मकवानपुरगढीका १ जना र जिल्ला बाहिर ठेगाना भएका १ जना गरी ३३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब २४ गते संकलन गरिएको थियो ।