संजीवनीको १९ औं साधारण सभा सकियो, समापनमा सम्मान तथा पुरस्कृत

संवाददाता
२४ कार्तिक २०७७, सोमबार १७:२८

खबरबाकस \ हेटौंडा उपमहानगर वडा नम्बर ५ मा रहेको संजीवनी बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । कोभिड १९ को कारणले गत कार्तिक १६ गते देखि सुरु भएको साधारण सभा आज सोमबार समापन कार्यक्रम गरी सकिएको हो ।

उपमहानगरका प्रमुख हरि बहादुर महतको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सहकारी संस्थाले विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरेको छ । सामाजिक दुरी कायम गरी संस्थाले जेष्ठ शेयर सदस्य मान बहादुर गौतम, बालकुमारी बस्नेत, पुष्पराज लामिछाने, राम कुमार श्रेष्ठ, निन्दा कुमारी दाहाल र धुमा कुमारी घिमिरेलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै, संस्थाले सञ्चारकर्मीमा खबरबाकसका संवाददाता श्रीराम अर्जुन, समृद्ध समाजका सम्पादक सुरेश श्रेष्ठ र साझाकुराका कार्यकारी सम्पादक केशव समर्पणलाई सम्मान गरेको थियो । त्यसैगरी, कक्षा आठ उर्तिण उत्कृष्ठ अंककी विधाईका चौधरी, एसईइका उत्कृष्ठ अंकका मनीव श्रेष्ठ र रोशनी विडारीलाई पुरस्कृत गरीएको थियो ।

सहकारीले निर्वतमान अध्यक्ष रण बहादुर कार्की सहित सदस्यहरु, निर्वतमान सल्लाहकार सदस्य उत्तम कुमार बस्नेत, निवर्तमान लेखा समितिका पदाधिकारी, असल ऋणी धनमाई घिमिरे र सुन्तली मगर, बचतकर्ता शर्मिला भारती, ललिता चौलागाई र गंगा अधिकारी, नियमित बचत गर्ने तिलकलक्ष्मी श्रेष्ठ, बाल बचतमा सम्पदा सापकोटालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

संस्थाका दुई उत्कृष्ठ शेयर सदस्य सुमित्रा दाहाल र रामकुमार विष्ठ, अवकाश प्राप्त कर्मचारी हरिमाया पराजुली र लिला दुलाल गौतम, संस्थाका कर्मचारीहरुमा सुरक्षक दिलगोपाल श्रेष्ठ, कार्यालय सहयोगी शितल भुजेल र सहायक रमिला राना मगरलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष जानकी चौधरीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला बचत संघका सचिव विरेन्द्र प्रसाद ढुङ्गाना, संस्थाका संस्थापक अध्यक्ष पूर्ण बहादुर खनाल, निवर्तमान अध्यक्ष रण बहादुर कार्की, बालज्योती माविका प्रधानाध्यापक भरत अर्याल, संस्थाका उपाध्यक्ष दान बहादुर थापा लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

सहकारीले कोरोना कहरका बीचपनि आफ्नो शेयर सदस्यलाई २१ करोड ६९ लाख ६ हजार २६९ लगानी गरेको छ भने २२ करोड ८० लाख ८८ हजार बचत संकलन गरेको छ । २ करोड ८४ लाख ४ हजार शेयर पुँजी रहेको संस्थामा महिला १ हजार ९०३ र पुरुष १ हजार १६७ गरी ३ हजार ७० जना शेयर सदस्य रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*