नेपालमा थप २५७१ जनामा कोरोना पुष्टि

संवाददाता
२४ कार्तिक २०७७, सोमबार १६:२७

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १७९८ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार १२६ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*