नेपालमा थप २८१७ जनामा कोरोना पुष्टि

संवाददाता
२३ कार्तिक २०७७, आईतवार १६:३३

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार १०८ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*