हत्या गरी फरार रहेका भोलन पक्राउ, प्रहरीले ललितपुरको माल्टाबाट पक्राउ गरे

हेटौँडा \ शुक्रबार दिउँसो बैकया गाउँपालिका वडा नम्बर-४ का २१ वर्षीय विकास वाइवाको हत्या गरी फरार रहेका भीमराज भोलनलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
उनलाई मकवानपुरको सिमाना ललितपुरको बागमती गाउँपालिका वडा नम्बर २ माल्टाबाट पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुसिलसिंह राठौरले जानकारी दिए । उनलाई पक्राउ गर्न मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौर सहित ईलाका प्रहरी कार्यालय ठिङगन,प्रहरी चौकी भट्टेडाडाँ ललितपुरबाट टोली खटि गएको थियो। भोलनले शुक्रबार दिउँसो वाइबाको हत्या गरी भागेका थिए ।
उनको खोजी कार्यमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौर सहितको टोली लागिपरेको थियो । मकवानपुर प्रहरीले हत्या गरी फरार रहेका उनलाई २४ घण्टाभित्र पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका भोलनलाई आज बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ।