नेपालमा थप २७५३ जनामा कोरोना पुष्टि

संवाददाता
२२ कार्तिक २०७७, शनिबार १६:३५

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २२०७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ८७ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*