मकवानपुरगढीको छैठौं गाउँसभाबाट चारवटा कानुन पास

खबर बाकस \ मकवानपुरगढी गाउँपालिकाको हिउँदे अधिवेसन सुरु भई छैठौं गाउँसभा भएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा भएको सभाले ४ वटा प्रस्तावित कानुन पास गरेको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्यक्षतामा बसेको गाउँसभामा उपाध्यक्षले तोकेको कार्यपालिका सदस्य भागवत घिमिरेले गाउँसभामा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा बनेको कानुनको प्रस्ताव पेश तथा पारित गर्न विचार गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । प्रस्तावित कानुनमा रहेका दफा उपदफा सभामा प्रस्तुत गरेका थिए ।
त्यस्तै, आर्थिक विकास समितिका संयोजक बखान सिं पाख्रीनले सार्वजानिक निजी साझेदारी सम्बन्धमा कानुनको प्रस्ताव पेश तथा पारित गर्न विचार गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए ।
सभामा सामाजिक विकास संयोजक जीत बहादुर घिमिरेले बालबालिकाको हित संरक्षण सम्बन्धी कानुनको प्रस्ताव पेश तथा पारित गर्न विचार गरियोस भन्ने प्रस्ताव पेश गरिएको थियो । गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष आइत सिं लोलेसभामा संस्था दर्ता सम्बन्धमा बनेको कानुनको प्रस्ताव पेश तथा पारित गर्न विचार गरियोस भन्ने प्रस्ताव पेश गरिएको थियो ।
गाउँसभामा सभाध्यक्ष हुमागाईले पेश भए पश्चात कानुनमा माथी छलफल गराई प्रस्तावित ४ वटै कानुन पास गरिएको छ । सभामा उपाध्यक्ष हर्कमाया रुम्बा, गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी, वडा सदस्य र कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।