मकवानपुरको बकैयामा एक युवकको खुकुरी प्रहार गरी हत्या

हेटौंडा \ मकवानपुरको बकैयामा एक युवकको हत्या भएको छ । बकैया–४ नयाँ दमारस्थित सिमात खोला किनारमा स्थानीय २० बर्षीय विकास वाईवाको खुकुरी प्रहार हत्या भएको स्थानीय अर्जुन खड्काले जानकारी दिएका हुन् ।
शवको टाउको र शरीर छुटिएको अवस्थामा रहेको खड्काले जनाए । उनका अनुसार दिउँसो गोठालो गएकी मृतककी हजुरआमाले युवकको शव देखेर स्थानीयलाई खबर गरेकी थिईन् ।
घटनास्थलमा हात्तिसुँडे प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय फापरवारीबाट प्रहरी निरीक्षक सहितको टोली पुगेको छ । हत्या गर्ने व्यक्ति फरार रहेको जनाईएको छ ।