खुलामञ्चमा निःशुल्क खाना वितरण मंसिर २ देखि बन्द हुने

संवाददाता
२१ कार्तिक २०७७, शुक्रबार १७:०९

काठमाडौं \  मंसिर २ गतेदेखि खुलामञ्चको निःशुल्क खाना वितरण बन्द हुने भएको छ। काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका संस्थाका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात् मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको हो।

हन्ड्रेड ग्रुपका संस्थापक अन्सु यादवले खुलामञ्चमा खाना वितरण बन्द भए पनि अन्य ठाउँ खोजी खाना वितरण गर्ने जानकारी दिए। ‘हामी खुलामञ्चमा खाना खुवादैनौं,’उनले भने,‘होटेल,पार्टी प्यालेसमा खाना खुवाउँछौँ। महानगरपालिकाले खुलामञ्चमा खुवाउन नदिए पनि हाम्रो यो अभियान रोकिँदैन।’

सरकारको बेइज्जत भएको भन्दै महानगरपालिकाले केही दिनअघि खुलामञ्चको खाना वितरण गर्न निर्देशन दिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*