नेपालमा थप २९०९ जनामा कोरोना पुष्टि

संवाददाता
२१ कार्तिक २०७७, शुक्रबार १६:५८

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४५ सय जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ७० जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*