यातायात व्यवसायीद्धारा राजनितिक दललाई ध्यानाकर्षण पत्र

सिधाखबर \ नारायणी यातायात व्यवसायी संघको रुपान्तरित संघ पुरानो नारायणी यातायात कम्पनी प्रा.लिले विहीबार हेटौंडामा दुई राजनितिक दलका जिल्ला प्रमुखहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
कम्पनीका प्रबन्धक संचालक सरोज खनालले पत्र पढेर नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्ण प्रसाद लामिछानेलाई कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए । नेपाली कांग्रेस जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँलाई पत्र बोधार्थ स्वरुप पत्र हस्तान्तरण गरिएको छ ।
नेपाल सरकारले संघलाई खारेज गरे पश्चात तत्कालिन संघ फुटेर दुईवटा कम्पनी दर्ता भएकोले संख्यात्मक रुपले कमी रहेको अर्को कम्पनीले पुरानो नारायणी यातायात कम्पनी प्रा.लि विरुद्ध तत्कालिन संघ रहेको अवस्थाका चलअचल सम्पती भागवन्डा जस्ता खालका मुद्धा मामिलामा रहेकोले यस विषयमा राजनितिक दलहरुले आवश्यक समन्वय गरी संघको सम्पती बचाउनको लागि पहल गर्न आग्रह गरिएको छ । कार्यक्रममा बोल्दै कार्यबहाक सभापति लामिछानेले आफु र पार्टीको तर्फबाट आवश्यक समन्वय गरी सहयोग गर्ने बताए ।
यता, संघीय सांसद तथा नेकपाका केन्द्रिय सदस्य विरोध खतिवडा र मकवानपुरका जिल्ला अध्यक्ष मुनु सिग्देललाई पनि यातायात कम्पनीले ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन्, । अध्यक्ष सिग्देलले यस विषयमा गम्भिर भई आवश्यक पहलकदमी गर्ने प्रतिवद्धता जनाएकिछन्, । नेपाल सरकारको कानुन बमोजिम संचालन गरिएको यस कम्पनीमा केहिले पदको दुरुपयोग गरी दुख दिने मनासयले मुद्धा मामिलामा लागेको कम्पनीका प्रवन्धक सरोज खनालले बताए ।