१० लाख रूपैयाँ घुससहित ईन्जिनियर पक्राउ

संवाददाता
२० कार्तिक २०७७, बिहीबार १७:००

हेटौंडामा १० लाख रूपैयाँ घुससहित ईन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले इन्जिनियर ईश्वरी प्रसाद जैसवाललाई पक्राउ गरेको हो ।

हेटौंडाको टोलीले घुस लिदा लिदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणको हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण विस्तार आयोजनाका इन्जिनियर जैसवाललाई पक्राउ गरेको छ ।

हेटौंडा–१० बसपार्क मेगा होटलबाट १० लाख घुस रकमसहित नवौं तहका इन्जिनियर जैयसवाललाई पक्राउ गरेको जनाइएको छ । अख्तियार हेटौंडा कार्यालयका प्रवक्ता महेश तिम्सिनाले घटनाबारे थप विवरण पछि जानकारी दिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*