विहीबार मकवानपुरमा ५१ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा विहीबार थप ५१ जनामा कोरोना पुष्टि भएको छ । विहीबार विहान सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा २८ महिला र २३ जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका ४४ जना रहेका छन्, । त्यस्तै, भीमफेदीका २ जना, मकवानपुरगढीका २ र जिल्ला बाहिर ठेगाना भएका ३ जना गरी ५१ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब १९ गते संकलन गरिएको थियो ।