भारतीय सेनाध्यक्षद्वारा पशुपतिको आरती अवलोकन

काठमाडौं \ भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले बुधवार साँझ पशुपतिनाथको आरती अवलोकन गरेका छन् ।
उनी नेपाली ढाकाटोपी लगाएर पशुपति पुगेका थिए । उनले पशुपति मन्दिर तटमा भएको आरती बागमती अवलोकन गरेका छन् ।
उनी करिब एक घण्टा आरती अवलोकन गरेर सोल्टी होटल फर्किए । कोरोनाका कारण पशुपति मन्दिर बन्द रहेकाले उनले दर्शन भने गर्न पाएनन् ।
बुधबार दिउँसो काठमाडौं आइपुगेका उनको ३ दिने भ्रमणको औपचारीक कार्यक्रम बिहिवारबाट सुरू हुनेछ ।