नेपालमा थप ३३०९ जनामा कोरोना संक्रमण

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा ३८४४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ९११ रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ ।