हेटौंडामा अत्याधुनिक मेसिन प्रयोग गरि मासु विक्री कक्ष सञ्चालनमा

खबर बाकस \ हेटौंडामा फिनिक्स फार्म (चिकेन हाउस)ले कुखुराको शुद्ध मासु बिक्री वितरण सुरु गरेको छ । हेटौंडा–२ पल्पसा रोडबाट हाउसले बिक्री कक्ष स्थापना गरी मासु वितरण सुरु गरेको हो ।
बुधबार विहान जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले चिकेन हाउसको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात प्रमुख खुलालले अत्याधुनिक मेसिन प्रयोग गरी सस्तोसुलभ र सफा मासु बेचविखन गर्न आग्रह गरे । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, होटल एशोसियसन अफ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठ, मउवा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
कुखुरालाई अत्याधुनिक प्रविधिबाट मासु तयार गरिने चिकेन हाउसका सञ्चालक मनिष मान श्रेष्ठले जानकारी दिए । आफ्नै पोल्ट्री फार्मको कुखुराको मासु संगै बिक्री कक्षमा कुखुराको अण्डा पनि उपलब्ध गराईने सञ्चालक श्रेष्ठ बताए ।
१५ लाख लगानीका अत्याधुनिक मेसिन खरिद गरी मासु विक्रीवितरण गरिएको बताए । हाल बजारमा बोइलर कुखुराको मासु २ सय ७० देखि ३ सय रुपैयाँसम्म प्रतिकिलो पर्छ । तर, चिकेन हाउसले २ सय ४० रुपैयाँसम्म प्रतिकिलो मासु बिक्री गर्ने सञ्चालक श्रेष्ठले जानकारी दिए । चिकेन हाउसले बिक्री गर्ने मासु रगत विहीनको हुने श्रेष्ठले दावी गरे ।
मासुमा रहेका रगत निकाल्ने हामीसँग प्रविधि छ । मासुलाई टुक्रा पार्ने छुट्टै मेसिन भएकोले हड्डीको टुक्रा हुँदैन् र मासु धुलो पनि हुँदैन् । त्यसैले ग्राहकलाई सतप्रतिशत रगत र हड्डी नफुटेको मासु उपलब्ध गराउने श्रेष्ठले बताए ।
चिकेन हाउसले निकट भविष्यमै बिक्री कक्षबाट खशी, बोकाको पनि मासु उपलब्ध गराउने सञ्चालक श्रेष्ठले बताए । मनिष मान र अम्निष मान श्रेष्ठले राजदेवीमा एक विगहा क्षेत्रफलमा १ करोडको लगानीमा फिनिक्स फार्म सञ्चालन गरेका छन्, ।