हेटौंडा राजदेवीमा दुई करोड रुपैयाँ लागतमा सडक पीच गरिने

संवाददाता
१८ कार्तिक २०७७, मंगलवार १७:४०

हेटौंडा \  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवीमा पहिलो पटक स्थानीय वासिन्दाहरुले पक्की सडकको प्रयोग गर्न पाउने भएका छन्, । दुई करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको पीच सडकको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मंगलबार शिलान्यास गरेका छन्, ।

एक दशमलब ५ किलोमिटर सडक निर्माण गरेपछी यस क्षेत्रका नागरिकलाई थप सहज हुने मेयर महतले बताए । नयाँ प्रविधिको आक्सपाल पिचबाट यस क्षेत्रको सडक पक्की वनाउन लागिएको हो । उपमहानगरपालिका आफ्नै आन्तरिक श्रोतबाट राजदेबिमा यती ठुलो रकमबाट पिच गर्न लागिएको मेयर महतले बताए ।

सामान्य कच्ची सडकबाट ओहोर दोहोर गर्नुपर्ने बाध्यता भोग्दै आउका यस क्षेत्रका वासिनदाहरु पीच सडक र ढल निर्माण हुने भएपछी खुसी भएका छन्, । बजार क्षेत्र नजिकै भएपनि पक्की सडकका हिसाबले पछी परेको यस स्थानमा विकासको सुरुवात गरिएको मेयर महतले बताए । हिउँदमा धुलाम्य सडक र वर्षायाममा पानीले समस्या भोग्दै आएका यस क्षेत्रका हेटौंडाबासी लाई सहज हुने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*