नेपालमा थप २९३३ जनामा कोरोना पुष्टि

संवाददाता
१७ कार्तिक २०७७, सोमबार १७:१०

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३१५० जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ९८४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*