सोमबार मकवानपुरमा २३ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा सोमबार थप २३ जनामा कोरोना पुष्टि भएको छ । सोमबार सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा ८ महिला र १५ जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका १६ जना रहेका छन्, । त्यस्तै, मकवानपुरगढीका ३ जना, बकैयाको १ जना र मनहरीको ३ जना गरी २३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वाब १६ गते संकलन गरिएको थियो ।