नेपालमा थप २८२४ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २२६४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ९६० पुगेको छ ।