प्रेस संगठन नेपालको युरोप शाखा गठन

संवाददाता
१६ कार्तिक २०७७, आईतवार १५:१८

स्पेन \ प्रेस संगठन नेपालको युरोप शाखा गठन भएको छ । शनिवार भएको भर्चुअल भेलाले बेल्जियमका केजीन राई (खिमसुहॉग चाम्लिंग) को संयोजकत्वमा युरोप शाखा गठन गरेको हो ।

सो शाखाको सहसंयोजकमा श्याम लुईटेल (बेलायत) र सचिवमा दिपेन्द्र गजुरेल (स्पेन) रहनुभएको छ । यस्तै सदस्यहरुमा राजकुमार थापा (पोर्चुगल), शेरबहादुर परियार (पोल्याण्ड), प्रेम परियार, (नर्वे), रबिचन्द्र भट्टराई, नरेश खपाङ्गी (बेलायत), युवराज फुँयाल (स्वीटजरल्याण्ड), कमल पराजुली (स्पेन), सरला कुमारी कट्टेल (नर्वे), विरमान घर्तिमगर (बेल्जियम), लिलामान शेरपुञ्जा (बेलायत) हुनुहुन्छ ।

यसैगरी बिमला सेने (बेलायत) कुमार श्रेष्ठ (नेदरल्याण्ड), कलश खरेल (पोर्चुगल), अनिस त्रिपाठी (फ्रान्स), निर्मला तिवारी (स्पेन), कर्मा पहाडी (बेलायत), कृष्ण तिवारी (बेल्जियम) र बिमला लिम्बु (बेलायत) लाई सदस्यमा चयन गरिएको छ । प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालको प्रमुख आतिथ्य तथा सहसंयोजक गणेश बस्नेतको बिशेष आतिथ्यतामा सम्पन्न भेलाले युरोपमा रहेका सवै पक्षको भावनालाई समेटदै युरोप शाखा गठन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*