कर्णालीमा मन्त्रिपरिषद हेरफेर हुँदै, ओली पक्षका मन्त्री हटाइदै

संवाददाता
१६ कार्तिक २०७७, आईतवार १३:५७

काठमाडौँ \  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् । उनले ओली पक्षका मन्त्री हटाएर माधव नेपाल पक्षधरलाई स्थान दिने तयारी गरेका हुन्, । कर्णाली प्रदेशको मन्त्रिपरिषदमा हाल ६ जना मन्त्री रहेकोमा भौतिक मन्त्रालय खाली छ। हाल २ जना ओली, १ जना नेपाल र २ जना प्रचण्ड पक्षका छन् ।

मुख्यमन्त्री शाहीले आफूविरुद्ध ओली पक्षको नेतृत्वमा आएको अविश्वासको प्रस्ताव फेल गराउन सहयोग गरेका माधवकुमार नेपाल समूहका सातजनामध्ये तीनजनालाई आफ्नो मन्त्रिपरिषदमा स्थान दिने भएका छन् ।

मुख्यमन्त्री शाही आफूविरुद्ध अविश्वासको प्रस्ताव ‘फेल’ बनाउन कार्तिक २७ गते नेपाल समूहका मुगु २ का चन्द्रबहादुर शाही, जाजरकोट २ का करविर शाही र दैलेख २ का विजयी अमरबहादुर थापालाई मन्त्री बनाउन सहमत भएका थिए ।

शाही नेतृत्वको मन्त्रिपरिषदमा नेपाल पक्षबाट प्रकाश ज्वाला मात्रै मन्त्री छन् । उनलाई यथावत राख्दा चन्द्रबहादुर, करविर र अमरबहादुर मध्ये २ जना मन्त्री बन्नेछन् भने ज्वाला बाहिरिए यी तीनैले स्थान पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*