यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

संवाददाता
१६ कार्तिक २०७७, आईतवार ०७:४३

काठमाडौँ \ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाले हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखालेंं जनाएको छ । राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, सोमबार दिउँसो प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू९भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ पहाडि भूभागका १/२ स्थानमा हल्का वर्षा हुनेछ।मंगलबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ पहाडि भू-भागका १/२ स्थानमा हल्का वर्षा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*