नेपालमा थप २५०८ जनामा कोरोना पुष्टि

संवाददाता
१५ कार्तिक २०७७, शनिबार १६:२४

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयद्धारा सार्वजानिक विवरणमा हालसम्म कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २२६४ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ३१ हजार २२२ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ९३७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*