दशैको टिका लगाउन दाइको ससुराली पुगेका गुरुङको शव फेला

संवाददाता
१४ कार्तिक २०७७, शुक्रबार १६:४९

खबर बाकस \ मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका वडा नम्बर ९ स्थिति बेतिनीको जनता आधारभूत विद्यालय नजिक रहेको जंगलमा एक युुवकको शव फेला परेको छ ।

दाजु भाउजु सहित दाजुको ससुरालीमा टिका लगाउन गएका उनको शव विद्यालय र सामुदायिक भवन नजिक रहेको जंगलमा शव फेला परेको मकवानपुरका प्रहरी नायव निरीक्षक तथा प्रवक्ता इन्द्र बहादुर रानाले बताउनुभयो ।

मृत अवस्थामा फेला परेका व्यक्ति हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा बस्ने १९ वर्षीय राम गुरुङ रहेको मकवानपुर प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको र शव हेटौँडा अस्पतालमा रहेको प्रवक्ता रानाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*