नेपालमा थप ३५१७ जनामा कोरोना पुष्टि

संवाददाता
१४ कार्तिक २०७७, शुक्रबार १६:३५

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ४०९६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ९२० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*