शुक्रबार मकवानपुरमा ५९ जनामा कोरोना पुष्टि

खबर बाकस \ मकवानपुरमा शुक्रबार थप ५९ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार सार्वजानिक गरीएको नतिजामा मकवानपुरमा थप ५९ जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताउनुभयो ।
हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा सार्वजानिक कोरोना पुष्टि हुनेमा २३ महिला र ३६ जना पुरुष रहेका छन्, ।
हेटौंडा उपमहानगरका विभिन्न वडाका ४८ जना रहेका छन्, । त्यस्तै, थाहानगरका ५ जना, मनहरीका ५ जना, बकैयाका १ जना रहेका छन्, । उनीहरुको स्वाब १३ गते संकलन गरिएको थियो ।