बेलायतमा थप २ सय ८० कोरोना संक्रमितहरुको मृत्यु

२३ हजार ६५ नयाँ कोरोना संक्रमित पुष्टि
संवाददाता
१३ कार्तिक २०७७, बिहीबार २३:३२

बेलायतमा पछिल्लो २४ घण्टामा थप २ सय ८० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ भने बुधबार साझँ सम्ममा ज्यान जानेहरुको कुल संख्या  ४५ हजार ९ सय ५५ पुगिसकेको छ। हिजो बेलायतमा ३ सय १० जना कोरोना संक्रमितहरुको मृत्यु भएको थियो।

त्यस्तै, पछिल्लो तथ्यांक अनुसार २३ हजार ६५ नयाँ कोरोना संक्रमित पुष्टि भएका छन ।यो सँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कुल संख्या ९ लाख ६५ हजार ३४० पुगेको जानकारी प्राप्त भएको छ| विश्वभर अहिलेसम्म ४५ करोड ५४ हजार २२५ जना संक्रमित भईसकेका छन भने ती मध्ये ११ लाख ८२ हजार ८९९ को ज्यान गईसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*