कोरोना संक्रमणका कारण बेलायतमा थप ३१० को मृत्यु, नयाँ संक्रमित २४ हजारभन्दा बढि

बेलायतमा पछिल्लो २४ घण्टामा थप ३ सय १० जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ भने बुधबार साझँ सम्ममा ज्यान जानेहरुको कुल संख्या ४५ हजार ६ सय ७५ पुगिसकेको छ।
त्यस्तै, पछिल्लो तथ्यांक अनुसार २४ हजार ७०१ नयाँ कोरोना संक्रमित पुष्टि भएका छन ।यो सँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको कुल संख्या ९ लाख ४२ हजार २७५ पुगेको जानकारी प्राप्त भएको छ| दैनिक रुपमा कोरोनाका बिरामीहरु बढेसंगै अस्पतालमा समेत चाप दैनिक बढ्दै गईरहेको एनएचएसले जनाएको छ । पछिल्लो २४ घन्टामा मात्रै १ हजार २ सय २७ संक्रमित अस्पताल भर्ना भएका छन ।