आर्थिक हिनामिनाविरुद्ध कानुनी विषयमा एनआरएनए यूकेको आकस्मिक बैठक

सिम्खडा विरुद्ध खेद प्रस्ताव
संवाददाता
१२ कार्तिक २०७७, बुधबार २०:४४

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके कार्यसमितिको आकस्मिक बैठक बुधबार२८ अक्टोबरका दिन बोलाइएको छ। एनआरएनए  यूकेको विवादित चार करोड रुपैयाँ हिनामिनाको  विषय कानुनी प्रकृयातिर अघि बढेपछि त्यसको बारेमा छलफल गर्न बैठक बोलाइएको हो।

एनआरएनए यूके स्रोतका अनुसार आर्थिक पारदर्शिताका बारेमा २० वटा प्रश्न सहितको १४ दिनको म्यादसहितको पत्र अध्यक्ष पुनम  गुरुङ  र पूर्व अध्यक्ष  योगकुमार फगामीलाई कानुनी टिम मार्फत पठाइएकोमा त्यसको बिषयमा बैठकमा छलफल गरिने छ।

एनआरएनए  यूके इंग्ल्यान्ड  राज्य समितिका उपाध्यक्ष एलबीजेड गुरुङसहित एनआरएनए यूकेका उपाध्यक्षहरु नारायण कँडेलप्रेम गाहामगररामचन्द्र पोखरेलमोहन कार्की तथा पूर्व उपाध्यक्ष शेरबहादुर सुनार समेतले आर्थिक हिनामिनाविरुद्ध कानुनी कारवाही अगाडी बढाएका हुन् ।

यसअघि ३० अगष्टमा बसेको एनआरएन यूकेको बैठकमा लेखा समितिलाई छानविन गर्न नदिएर गत निर्वाचनताका गरिएको घोटालालाई लुकाउनढाकछोप गर्न खोजिएको भन्दै उपाध्यक्षहरु नारायण कँडेल तथा प्रेम गाहामगरले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

आइसीसी सदस्य सिम्खडा विरुद्ध खेद प्रस्ताव

यसैबीच मनोनित आईसीसी सदस्य रामशरण सिम्खडाका विरुद्ध खेद प्रस्ताव पनि प्रस्तुत भएको छ । एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहा मगरद्वारा प्रस्तुत उक्त प्रस्तावमा आईसीसी सदस्य सिम्खडाले एनआरएनए युकेमा विभाजन ल्याई स्थायी गुट बनाएकोएनआरएनए युकेको गतिविधिहरुलाई अवैध तरिकाले नियन्त्रण गरी  उपाध्यक्ष लगायतलाई अपमान गर्ने कार्य गरेको आरोप लगाइएको छ। साथै एनआरएनए युकेका नाममा विभिन्न समुह बनाउने गरेको आरोप  पनि सिम्खडा माथि लगाईएको छ । खेद प्रस्तावमा गाहा मगरले गएको हप्ता एनआरएनए युकेले सल्लाहकारहरुसंग राखेको छलफल कार्यक्रममा  जुम बैठकको होस्ट रहेका सिम्खडाले  सुनीयोजित रुपमा एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहा मगर र केही सल्लाहकारहरुलाई जुमबाट रिमुभ‘ गरिदिएको आरोप पनि लगाएका छन् ।

त्यसैगरी अर्का उपाध्यक्ष नारायण कडेललाई बोलिरहेको बेला जुममा म्युट‘ गरिदिएर बोल्न नदिएको समेत सिम्खडा विरुद्ध आरोप छ । एनआरएनए युकेको नाममा गरिने कार्यक्रममा सिम्खडाले हस्तक्षेप गर्ने गरेकोमा उपाध्यक्ष गाहा मगरले विरोध जनाएका छन् । खेद प्रस्तावमा हालै सिम्खडाले एनआरएनएको नाममा सोसल मिडियामा गुटमात्रको समूह  बनाएकोउपाध्यक्षहरुलाई जुमबाट हटाएको र जुमको होस्टको रुपमा एनसीसीको वार्षिक रिपोर्ट  प्रस्तुत गरिएका स्क्रिन  सटहरु समेत प्रस्तुत गरेका छन् । गाहा मगरले प्रस्तुत गरेको खेद प्रस्तावमा एनआरएनए युके भित्र यस्तो फोहोरी राजनीति  गर्नेविभाजन ल्याउनेस्थायी गुट बनाउने आइसीसी सदस्य लगायतका विरुद्ध खेद ब्यक्त गर्दै आइन्दा यस्ता कार्य नगर्न कठोर चेतावनी दिन प्रस्ताव गरिएको छ । सिम्खडा एनआरएनए युकेभित्र बारम्बार विवादमा  आईरहने गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*