नेपालमा थप १९५४ जनामा कोरोना पुष्टि

संवाददाता
१२ कार्तिक २०७७, बुधबार १६:२३

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप १९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा २९८१ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ जना रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ८८७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*