प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण

संवाददाता
१२ कार्तिक २०७७, बुधबार १४:११

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस संक्रमण भएको छ । उनका छोरा राजेशलाई पनि कोरोनम पुष्टि भएको छ ।

मंगलबार उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैं मनाउन एक साता अघिदेखि नै झापाको मेचीनगरस्थित घर गएका थिए ।

शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएका उनी होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*