कोरोना संक्रमण अपडेटः थोरै पिसिआर टेष्ट, थोरै संक्रमित, थप १४ को निधन

गत २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण नै जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ।
मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट कुल १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९३२ जना रहेका छन् ।त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।