विजयादशमी टिका र जमरा लगाई हर्सोल्लासका साथ मनाईदै

संवाददाता
१० कार्तिक २०७७, सोमबार ०५:२६

आज विजया दशमी | असत्यमाथी सत्य तथा अन्यायमाथी न्यायको बिजयको प्रतिक विजया दशमी घरघरमा टिका र जमरा लगाई हर्सोल्लासका साथ मनाईदैछ। आजको दिन अक्षताको टिका र  नौ दिनसम्म पूजाअर्चना गरेको जमरा लगाएर दशै मनाउने चलन छ। विजया दशमीमा परिवारका सबै सदस्यहरु जम्मा भै उमेर अनुसार ठूलाले सानालाई टीका र जमरा  लगाई आर्शिवाद दिने चलन छ ।

आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । टिका र जमरालाई दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको बिजयोत्सवका प्रतिकका रुपमा लिइन्छ । कोरोना संक्रमणको त्रासका कारण यो बर्षको दशैमा भने चहल पहल निकै कम देखिएको छ।

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद                                       

ॐ आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे                                       
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। 

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते                                                                              
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।     

महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद  

ॐ जयन्ती मङ्गलाकाली,भद्रकाली कपालिनी।। 

दुर्गा क्षमा शिवाधात्री,  स्वाहा स्वधा नमोऽस्तुते।।   

विश्व भरि रहनु भएका हाम्रा सम्पुर्ण पाठकहरुमा खबर बाकस परिवारको तर्फबाट बिजया दशमीको हार्दिक मंगलमय शुभकामना।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*