नेपालमा थप २८५६ जनामा कोरोना संक्रमण

संवाददाता
९ कार्तिक २०७७, आईतवार १६:३५

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा ३३३६ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ८४७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*