नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

संवाददाता
९ कार्तिक २०७७, आईतवार १६:१९

नेपाली कांग्रेसले दशैंको अबसर पारेर हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको  चियापान कार्यक्रम यो बर्ष भने नगर्ने जनाएको छ । कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड-१९ का कारण यो वर्ष नगरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष दशैंको अबसर पारेर  कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामनाआदान–प्रदान गर्दै आएको थियो ।तर यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ संक्रमण महामारीका कारण यस वर्षको कात्तिक १४ गते परेको कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने  जानकारी गराईएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*