खबर बाकसलाई अध्यक्ष खपाङ्गीको शुभकामना

नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले यस खबर बाकस अनलाईन पत्रिकालाई शुभकामना ब्यक्त गर्नु भएको छ। खपाङ्गीद्वारा प्राप्त शुभकामना सन्देशमा बेलायत र नेपालमा रहनभएका क्रियाशील पत्रकार साथीहरुको टोलीले खबर बाकस डटकम नामक अनलाइन पत्रीका प्रकाशन शुरु गर्न लाग्नु भएको खबरले अत्यन्त हर्षित तुल्याएको उल्लेख छ । सूचना र प्रबिधीको यस युगमा अझै पनि सत्य, तथ्य र यथार्थपरक सूचनाको अभाव महसुस भइ नै राखेको परिप्रेक्षमा यस नयाँ अनलाइनले वास्तविक सूचना र सही समाचार प्रवाह गरी समाजलाई मार्गनिर्देश गर्न सफल होस भन्दै अनलाइन परिवारको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरिएको छ।