उपत्यकामा २ हजार ७२० जना थपिए,थप १७ जनाको मृत्यु

संवाददाता
७ कार्तिक २०७७, शुक्रबार १६:५४

काठमाडौँ \ पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । सबैभन्दा बागमती प्रदेशमा ३२२५ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन् । यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन्, ।

पछिल्लो नेपालमा मृत्यु हुनेको संख्या १७ रहेको छ । हालसम्म ८२९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैबिच, कोरोना भाइरस संक्रमण सम्बन्धि जानकारी दिन नियमति गर्दै आएको पत्रकार सम्मेलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच दिनका लागि स्थगित गरेको छ। दसैं पर्वका कारण आजदेखि पाँच दिनसम्म प्रेस ब्रिफिङ नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*