नेपालमा थप ४४९९ जनामा कोरोना पुष्टि

काठमाडौं \ पछिल्लो २४ घण्टामा देशभर थप ४४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा २६६८ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ जना रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ८२९ पुगेको छ ।