संस्कृतिविद जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा

संवाददाता
३१ आश्विन २०७९, सोमबार २३:३९

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कूटनीतिक नियोगहरूमा बिदा दिने निर्णय गरेको हो ।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरी २०७९ कात्तिक १ गते मंगलवारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

जोशीको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले शताब्दीपुरुष सत्यमोहन जोशी राष्टको सम्मानीत व्यक्तित्व भएकोले उहाँको निधनको शोकमा एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*