स्कटल्यान्डकै पहिलो पशुपतिनाथ मन्दिर स्थापनाको प्रथम वार्षिकोत्सव भब्यताका साथ सम्पन्न, सहयोगको अपील

खबर बाकस/ स्कटल्यान्डकै पहिलो पशुपतिनाथ मन्दिर स्थापना भएको प्रथम वार्षिक उत्सव विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी ग्लासगो नेपाली कम्यूनिटी हलमा भव्यताका साथ सम्पन्न गरिएको छ। उक्त समारोहमा हिन्दूहरुका आराध्यदेव महादेव शिवजीको पुजा आराधना, होम-होमादी तथा रुद्रीपुजा गरि भजन-कीर्तन तथा प्रशाद ग्रहण गरिएको थियो।
कार्यक्रममा गैरआबाशिय नेपाली संघ स्कटल्यांडका अध्यक्ष काशीराम भण्डारी, कोषाध्यक्ष शर्मिला अधिकारी, फ़ाईभ नेपाली कम्यूनिटीका अध्यक्ष राम बगाले, एनआरएनए स्कटल्यांडका पूर्वअध्यक्ष छबीलाल आर्याल, नेपाल-स्कटल्यांड एसोसीएसनका अध्यक्ष विजय डंगोल, युवा ब्यबसायीहरु सुरज थापा, सुनीता पोद्दार लगायतको पूजामा सहभागीता रहेको थियो । आयोजकका तर्फबाट पशुपतिनाथ मन्दिर ब्यबस्थापन समिति अध्यक्ष देव केसी, सचिव दिवाकर पाण्डे, कोषाध्यक्ष डोली शर्मा, ग्लास्गो हिन्दू मन्दिरका पुजारी आचार्य मिश्रजी, पशुपतिनाथ मन्दिर स्थापना अभियानकी संस्थापक तथा संरक्षक प्रकृति प्याकुरेल थापा लगायतको उपस्थिति रहेको थियो।
स्कटल्यांडमा श्री पशुपतिनाथको मन्दिर स्थापनाको पबित्र उद्देश्य सहित अघि बढ़ीरहेको र यो पबित्र धार्मिक अभियानमा सहभागी हुन र सक्दो आर्थिक सहयोग गरी पुण्य कमाउन पशुपतिनाथ मन्दिर व्यवस्थापन समिति स्कटल्यान्डले सबैमा अनुरोध समेत गरेको छ।

Glasgow Pashupati Mandir
Lloyds Bank
Sort code 30-91-91
A/c No 53277660