साफ महिला च्यामपियनसिप फूटबलको उपाधि बंगलादेशलाई, नेपाल ३–१ ले पराजित

संवाददाता
४ आश्विन २०७९, मंगलवार ०१:४३

खबर बाकस /साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।

नेपाल साफ च्याम्पियनसिपमा इतिहास बनाउने अवसर गुमाएको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल ३-१ गोलले पराजित बन्न पुगेको छ।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपाल दोस्रो हाफको ७०औं मिनेटमा अनिता बस्नेतको गोलबाट आशा जगाएको थियो। तर त्यसको केही मिनेटमै बंगलादेशले तेस्रो गोल गरेको थियो।

अन्तिम समयसम्मै बंगलादेशलाई दबाबमा राखेको नेपालले गोल भने गर्न सकेन। नेपाल पहिलोपटक बंगलादेशससँग पराजित भएको हो। यसअघिका ८ खेलमा नेपालले ६ खेल जितेको थियो भने २ खेल बराबरीमा टुंगिएको थियो।

यससँगै बंगलादेश पहिलो महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*