सन्दीप लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी, विमानस्थलबाटै नियंत्रणमा लिईने

संवाददाता
२४ भाद्र २०७९, शुक्रबार ००:४७

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरीले जनाएको छ।

लामिछानेउपर प्रहरी वृत्त गौशालामा गत मंगलबार जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता भएको छ। ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसुरमा निज सन्दिप लामिछानेउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानरीक्षक (एआइजी) रविन्द्र धानुकले काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै लामिछानेलाईविमानस्थलबाटै पक्राउ गरिने बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*