एसपीपी केपी ओलीकै पालामा नेपाल प्रवेश गरेको प्रचण्डको दाबी

संवाददाता
४ असार २०७९, शनिबार ००:०२

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा नेपालमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रवेश पाएको दाबी गरेका छन् ।

आज चितवनमा आयोजित समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीको पालामा नै नेपालमा एसपीपी प्रवेश पाएको प्रमाणित भइसकेको बताए । इण्डो–प्यासिफिक स्ट्रेटिजी (आइपीएस) भ्रामक पनि सन् २०१९ मा ओलीकै पालामा भएको भन्दै दाहालले नक्कली राष्ट्रवादको ढोंगको पछि नलाग्न सबैमा आग्रह गरेका छन् ।

‘मैले एउटा कार्यक्रममा केपी ओलीकै पालामा एसपीपी नेपाल प्रवेश गरेको भनेको थिए, संसदमा एक जना वरिष्ठ भन्ने एमालेका नेताले प्रमाणित गर्न चुनौति दिन्छु भनेर उफ्रिनु भएछ, त्यसको ४ घण्टामै पुष्टि भयो’–प्रचण्डले भने ।

अमेरिकी सैन्य रणनीति सम्बन्धी रहेको एसपीपी बारे विस्तारै तथ्यहरु खुल्दै गएका छन् । अध्यक्ष दाहालले नक्कली राष्ट्रबादको पछि नलाग्न समेत आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*