काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह निर्वाचित

संवाददाता
१२ जेष्ठ २०७९, बिहीबार २२:४७

काठमाडौँ / स्वतन्त्र उमेदवार  र्‍यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*