युगान्डासंगको टी-२० का लागि नेपाली महिला टोलीको घोषणा

संवाददाता
२९ बैशाख २०७९, बिहीबार २१:५४

खबर बाकस/ नेपालले युगान्डासंग खेल्ने भनिएको ५ ओटा टी-२० क्रिकेट प्रतियोगिताका लागि नेपाली महिला टोलीको नेपाल क्रिकेट संघ(क्यान) ले बुधबार घोषणा गरेको छ। क्यानले रुबिना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको हो।

टोलीमा कप्तान क्षेत्रीसहित सिता राना मगर, इन्दु बर्मा, काजोल श्रेष्ट, करुणा भण्डारी, सरिता राना मगर, कबिता कुँवर, अप्सरा बेगम, सरस्वती चौधरी, ममता चौधरी, अस्मिना कर्माचार्य र सुमन खतिवडा रहेका छन्।

यस्तै संगिता राई, कबिता जोशी, रोमा थापा, ज्योती पाण्डेय, सबनम राई, बिन्दु रावल, इश्वरी बिष्ट, डोली भट्ट, हिरणमयी रोय र रितु कनौजीया रहेका छन्। खेल मे १६ देखि  मे २१ सम्म किर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*