आविष्कारक महावीर पुन र स्कटल्याण्डबासी नेपालीहरुबिच बृहत अन्तरक्रिया हुदै
कार्यक्रम तालिका सहित
घनश्याम भण्डारी
स्कटलैण्ड/बेलायत/ नेपाल अविष्कार केन्द्रका संस्थापक महावीर यूरोपका बिभिन्न देशका नेपाली जनसमुदायसँगको भेटघाटमा ब्यस्त हुनुहुन्छ भने बेलायतका बिभिन्न शहरको भ्रमण तथा त्यहाँ बसोबास गर्नु हुने नेपाली समुदायहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।यसैबीच स्कटल्यांडको ग्लास्गो, एडिन्बरा तथा एबरडीन लगायतका स्थानमा हुने भेटघाट र अन्तरक्रियाको स्थान र समय समेत सूचीत भईसकेको जानकारी समेत प्राप्त भएको छ।
यही ११ अप्रिल २०२२ बेलायतको समय अनुसार साँझ ५:३० बजे NSA/Edinbourgh Himalaya Arts and Centre मा हुने कार्यक्रममा सहभागिता जनाउन या केही जिज्ञासा भए बिजय डंगोंल,धन केसी,राजू बाम,टिका लिम्बू, प्रेबेश केसी, मनीष खत्री लगायतसंग सम्पर्क गर्न सक्नु हुनेछ।
त्यस्तै, आगामी १२ अप्रिल बिहान ९ बजे देखी १२ बजेसम्म ग्लास्गो GNA हल (ग्लास्गोका सबै संस्था संयुक्त आयोजक) मा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ जसका लागी गोविन्द देवकोटा, छबीलाल अर्याल लगायत Glassgow संस्थाका पदाधिकारीहरुसंग जानकारी लिन सक्नु हुनेछ। यसैगरी, १२ अप्रिल २०२२ बेलुका १० बजे देखि ११ः३० सम्म नेपाली समाज पानस रेष्टुरेन्टमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ भने आबश्यकता अनुसार सो स्थानमा सहभागिताका लागी दिबाकर पाण्डे, राम बगाले,काशीराम भण्डारी, सुमी भण्डारी र समितीका कुनै पनि सदस्यसंग सम्पर्क गर्न सकिने छ।
त्यसपछी १३ अप्रिल २०२२ को बिहान नेपाली समाज फलक्रिकमा भेटघाट कार्यक्रम राखिएको छ र सो कार्यक्रमका बारेमा केही जिज्ञासा भएमा या सहयोग आवश्यक परेमा मोहन कार्की, ज्ञान गुरुड्ग तथा Falkirk नेपाली समाजका समितिका सदस्यहरुसंग सम्पर्क राख्न अनुरोध गरिएको छ।
यसैक्रममा, १३ अप्रिल साँझ ७ :३० बजे एबरडीनमा रहेका नेपालीहरुबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने एबरडीनस्थित पुरानो नेपाली संस्था नेप्लीज हिमालयन एसोसीएसन स्कटल्यांडले जनाएको छ भने यसअघि साँझ ५:३० बजे NHAS का तर्फबाट संचारकर्मी डा. शिव तिवारीले राष्ट्रीय अनुसन्धान केन्द्र, यसका उद्देश्य र महावीर पुनको हालको भ्रमण लगायतका बिबिध बिषयमा छलफल सहितको अन्तरवार्ता (आफनो कुरा, आफनै परिवेश) ज़ुन NHASको आधिकारिक फ़ेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यस कार्यक्रमको बिषयमा जानकारी आवश्यक भएमा संस्थाका अध्यक्ष नबीन क्षेत्रीसंग सिधा सम्पर्क गर्न सक्नु हुनेछ।
NIC लाई आर्थिक सहयोगका बिषयमा : स्कटलैण्डका नेपाली समुदायका संस्थाहरुले आआफ़नो तारिकाबाट NIC लाई सहयोग गरेका थिए,छन र गरीरहने छन। संस्थाहरुमा छलफल भईरहेको सूचना आएको छ। NIC को पारदर्शितामा कुनै प्रश्न नऊठनूमा विशेषत संस्थापक महावीर पुनको जिबन शैली र उनका कामका उपलब्धिहरु नै हुन। स्कटलैण्डमा बस्ने ,ब्यवसाय गर्ने, सबै तनमनधन भएकाहरुले NIC लाई कसरी लामो सम्म सहयोग गर्न सकिएला भनेर प्रबेस केसी,धन केसी,देव केसी,टिका लिम्बू लगायत धेरैले सबैसँग बहसको प्रकियाको शुरूआत गरेको सूचना आएको छ। NIC सँग जोड़िएका वा अन्य नेपालका नेपाली समान स्कटलैण्डका समुदायमा ल्याऊने,NIC लाई एक मुस्ट वा लामो समय सम्म के के प्रोजेक्टहरुमा सहयोग गर्ने बिषयहरुले बहसमा प्रवेश गरेको पाइएको छ।
NIC को Mission नेपाल र नेपाली आत्मनिर्भर बनाऊने हो,नेपाल सरकारलाई सहयोग गर्ने हो।हालसाल मात्र NIC ले Digital learning box दुर्गमका स्कूलहरुलाई उपलब्ध गराऊने,नेपाल सरकारको पाठ्यक्रम भएको digital box र projector बितरण गरी निमुखा गरीबहरुले बिहान दिन बेलुका दुर्गममा मौसम या जे जस्ता अंन्य प्रभाबबाट स्कूल बन्द गराय पनी समयमा नै पाठ्यक्रम पूरा गर्न सक्ने वातावरण स्थानीय भोलेन्टरहरु मार्फ़त हूने र कलिलो उमेरमा स्कूल छाडने स्थिति हुन नदिने उक्त digital learning box को भूमिका रहने NIC ले सूचीत गरेको छ। एक learning box को मुल्य लगभग १ लाख रुपया लाग्ने छ। जो कोहीले पनी आफ़नो गाऊँको वा अन्य दुर्गम स्कूलहरुमा स्पोन्सर गर्न पाऊने छन। निर्माण भएका box हरु स्पोन्सर गर्नेमा first come first serve हुनेछ। please contact NIC asap,धेरै बाट रेस्पोन्सहरु आएका छन। गोरखा रेष्टुरेन्ट मुसेलबरोचका सेफ/ डाईरेक्टर हर्क कार्कीले रेष्टुरेन्टको नामबाट एक डिजिटल box sponsor गर्ने सुरुआत गरेका छन। उद्धमीहरुको समूहले बिशेष भूमिका खेल्ने अपेक्षा NIC Friends of Europe ले राखेको छ।
महावीर पुनको बसाई पर्थस्थित Grampian Hotel मा हुनेछ। होटल संचालक बिक्रम भण्डारीले उक्त बसाईको स्पोन्सर सहित अन्य प्रोजेक्टमा पनी सहयोग गर्ने बचन दिएका छन।
हाम्रो घर दैलोमा आऊदै गरेको नयाँ बर्ष २०७९को पावन अवसरमा,तपाईको सुसास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ,महावीर पुनको यो महाअभियानमा हातेमालो गर्न अनुरोध गर्दछौ।सबैमा नयाँ बर्षको उपलक्ष्यमा हाम्रो पनि शुभकामना॥