त्रिकोणात्मक टी-२० क्रिकेट सिरीजमा मलेसिया माथी नेपालको सानदार जीत

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेपालले लगातार चौथो खेल जितेको छ। टस हारेर ब्याटिंङ् गरेको नेपालले दिपेन्द्रसिंह ऐरीको शतकिय पारीमा मलेसियालाई २२४ रनको लक्ष्य दिएको थियो। नेपालले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २२३ रन जोडेको थियो।
नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा मलेसिया १९.५ ओभरमा अल आउट हुँदै १३८ रनमा अल आउट भयो। मलेसिया नेपालसँग १ बल बाँकी छँदै ८५ रनले पराजित भएको हो।
नेपालका लागि सन्दिप लामिछानेले ३ विकेट लिए। यस्तै कमलसिंह ऐरी र दिपेन्द्रसिंह ऐरीले समान २।२ विकेट लिए।नेपालका लागि ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी ५७ बलको सामना गर्दै ११० रन जोडे यस्तै रोहित पौडेलले ३४ बलको सामना गर्दै ५१ रन जोडे। त्यस्तै कुशल भुर्तेल १२ रन, आशिफ शेख १८ रन र मोहम्मद आदिल अलामले १४ रन जोडेका थिए।
नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ। नेपालसँग मलेसिया पराजित भएसँगै कुल रनरेटको आधारमा पपुवा न्युगिनी फाइनल प्रवेश गरेको छ।फाइनल खेल सोमबार त्रिवि क्रिकेटमा हुनेछ।